![]()
एजेन्सी,साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खराव वातावरणीय कानूनका कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको जिकिर गरेका छन् । क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गइरहेका बेला ट्रम्पले नियन्त्रणमा कानून वाधक रहेको बताएका हुन् ।
कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको ट्रम्पको भनाइ छ । आफ्नो आधिकारीक ट्वीट अकाउण्टमा द्वीट गर्दै ट्रम्पले भनेका छन्ः‘क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको छ,तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानून समस्या भएको छ ।’
क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकोले आगो निभाउन पानीको अभाव भएको उनको दावी छ । ट्वीटमा उनले भनेका छन्ः‘आगो नियन्त्रणका लागि रूखहरू फाँड्न जरूरी छ तर वातावरण कानूनले यसलाई रोक्छ ।’


