Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भ्रष्टाचारको आरोपमा समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित

Loading

काठमाडौ,साउन ।
समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव हुन् ।
स्रोतले भनेको छः‘सदस्य सचिव पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी छ । त्यसबारे छानबिन हुँदैछ ।’ भट्टले दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिने गरेको, परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लैजाने गरेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेको, परिषदको बैठकका निर्णय केरमेट गरी सच्याउने गरेको लगायतका उजुरी मन्त्रालयमा परेको छ ।
महिला बालबालिका मन्त्रालय मन्त्रालय मातहत भए पनि समाजकल्याण परिषद् आकर्षक र शक्तिशाली मानिन्छ । राजनीतिक नियुक्ति, अर्बौं बजेट भएका आईएनजीओ र एनजीओहरूको अनुगमन, नियमन तथा कार्यक्रम स्वीकृति परिषदले गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.