![]()
धादिङ ।धादिङको बेनिघाट रोराङ गाउँपालिका ५, बेनिघाटमा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बेनिघाटबाट गोरखातर्फ जादै गरेको बा १३ च ७७०१ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइते गोरखा जिल्ला गण्डकी गाउँपालिका ५ बस्ने ३५ वर्षकी मधु पन्थ, ४५ वर्षकी एकमाया थापा मगर, ४५ वर्षकी बेनिमाया श्रेष्ठ गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते भएकाहरूलाई काठमाडौ स्थित ट्रमा सेन्टरमा पठाइएको छ। अन्य ७ जना घाइतेहरूको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।
दुर्घटनामा गोरखाको गण्डकी गाउँपालिकाका निवासी ३५ वर्षकी सिता श्रेष्ठ, ३१ वर्षकी निरमाया पुलामी, १४ वर्षकी सिता थापा, ४५ वर्षकी गिता बिक, ५० वर्षकी हेममाया थापा, जिपका चालक गण्डकी ५, का २० वर्षका बिपन गुरुङ र धादिङको ज्वालामुखी गाउँपालिकाका १७ वर्षका अजित सिंह मगर घाइते भएका छन्।


