Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसिसीले जारी गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका छन् । ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावकर तथा बलिङमा बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् ।

ट्वेन्टी–ट्वेन्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औँ स्थानमा छन् । यस्तै २३८ अंकसहित शरद ९८ औँ स्थानमा रहेका छन् ।

यस्तै ट्वेन्टी–ट्वेन्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औँ तथा ३३८ अंकसहित सोमपाल ९२ औँ स्थानमा रहेका छन् । सोमपालको ठ्याक्कै पछि अस्ट्रेलियाका केन रिचार्डसन रहेका छन् । यस्तै बसन्तभन्दा पछि अस्ट्रेलियाकै मार्कस स्टाइनिस रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.