![]()
स्याङ्जा,साउन ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति एंव पूर्वसांसद कमल पंगेनीको निधन भएको छ । स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।


