Breaking News.... EverestOnlineKhabar
August 13, 2026

मुस्लिम समुदायको भोट नेपाली कांग्रेसका उम्मेद्वारलाई…..

Loading

काठमाडौ,२८ बैशाख ।
काठमाडौका मुस्लिम समुदायले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई भोट दिने भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको विशेष पहलमा मुस्लिम समुदायका अगुवाहरुले कांग्रेसका उम्मेद्वारलाई भोट हाल्ने भएका हुन् । त्यसो त नेपाली मुस्लिम समुदाय लामो इतिहास बोकेको छ । राज्य एकीकरणका बेला हातहतियार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको मुस्लिम समूदायको इतिहास राज्य एकीकरणसँग पनि जोडिएको छ । मुलुकभरी करिब ४० लाख मतदाता रहेको यो समूदाय राजधानीमा मात्र १५, २० हजारको हाराहारीमा छ ।
कुनै न कुनै राजनीतिक विचारधारासँग जोडिएको यो समूदाय निर्वाचनका बेला भने एकै ठाउँमा रहने गरेको छ । विचारधारासँग भन्दा पनि मुस्लिम समूदायको हकहितमा काम गर्ने व्यक्ति वा दलका पक्षमा भोट हाल्ने यो समूदायले यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा भने नेपाली कांग्रेस तर्फबाट काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयरका उम्मेद्वार राजुराज जोशी , उप मेयर हरि प्रभा खड्की प्यानल लाइ भोट हाली अत्यधिक मत ले विजय गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed