Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपालले शुक्रवार नेदरल्याण्डसंग आफनो दोस्रो खेल खेल्दै

Loading

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल शुक्रवार खेल्दैछ ।  पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएपनि  दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ ।

नेपालले नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ  ।

नेपाल आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा नै पराजित हुन पुग्यो । जित नजिक पुगेको नेपाल मिडिल अर्डर ब्याट्सम्यान नचल्दा हारको सिकार बनेको थियो । नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा सबै विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.