![]()
बीबीसी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मंगलबार जापान जाने भएका छन्। जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गर्न र ७३औं नागासाकी समारोहमा सहभागीता जनाउन महासचिव गुटेर्रेस जापान जान लागेका हुन् ।
जापानको नागासाकीमा यही अगष्ट ९ मा नागासाकी समारोहको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । जापानको नागासाकी नगरमा सन् १९४५ को अगष्ट ९ मा अमेरिकी सेनाले एटम बम प्रहार गरेको थियो । दोस्रो विश्वयुद्धका क्रममा प्रहार गरेको सो बमबाट त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।
आगामी मंगलबार सो आक्रमणको ७३ वर्ष पूरा हुँदैछ । सोही अवसरमा नागासाकीमा उक्त बम हमलाको ७३औं स्मरणस्वरुप भव्य समारोहको आयोजना गरिँदै छ । एटम बम हानेर क्षति पु¥याइएको सहर नागासाकीमा पुग्ने गुटर्रेस पहिलो राष्ट्रसंघीय महासहचिव हुने भएका छन् ।


