![]()
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाईको निर्णय बुधबार दिउँसो साढे ३ बजेसम्मका लागि सरेको छ। संसदीय सुनुवाई विशेष समितिको सोमबारको बैठक अनौपचारिक छलफलमा मात्र सीमित भयो।
सत्तापक्ष नेकपाले जोशीको नाम अनुमोदन नगर्ने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूले पनि पार्टीमा आन्तरिक छलफल गर्ने बताएपछि नेकपा जोशीका बारेमा सुनुवाई समितिमा निर्णय गर्ने अडानबाट पछि हटेको थियो ।
पार्टीको निर्णय अनुसार नै संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको हो । प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक प्रमाणपत्रका बिषयमा विवाद छ ।


