Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कञ्चनपुरमा भएको बालिका हत्याको घटनाले संसदमा चर्काचर्की, जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

Loading

काठमाडौं। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कन्चनपुरमा निर्मला पन्तको बलात्कार गरि हत्या भएको विषयमा सदनलाई यथार्थ जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसहरुले कन्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका थिए। महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने तथा घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउँदै आएको सरकारले घटना भएको ४ दिनसम्म पनि दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए।

शून्य र विशेष समय नै कञ्चनपुरमय भएपछि सभामुखले सो घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन्।

बैठकमा कञ्चनपुरमा भएको घटनामा संलग्न दोषिलाई पत्ता लगाई कारबाही गर्नुको सट्टा न्याय खोज्ने महिलामाथि प्रहरी दमन भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। प्रतिपक्षी दलका सांसदहरुले महिला ंिहंसाका घटनामा संलग्न दोषिलाई नियन्त्रणमा लिएर कारबाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै सरकारको आलोचना गरेका हुन्।

सत्तापक्षीय सांसदहरुले भने कांग्रेसले लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाएका थिए । यसो भन्दा कांग्रेसका सांसद प्रतिवादमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.