Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सभामुख र उपसभामुखको बिषय संसदमा नउठाउन सभामुख महराको रूलिङ

Loading

काठमाडौँ। सभामुख र उपसभामुख फरक पार्टीको हुनु पर्ने भन्ने विषयमा संसदमा छलफल नगर्न सभामुखले रुलिङ्ग गरेका छन्। संसदको आइतबारको बैठकमा संसदको सभामुख र उपसभामुख फरक दलबाट फरक लिंगका व्यक्ति हुनु पर्ने विषयमा कुरा फेरि उठेपछि सभामुख कृष्णबहादुर महराले अब संसदमा यो विषयमा कुरा नगर्न रुलिङ्ग गरेका हुन्।

फरक दलका व्यक्ति सभामुख–उपसभामुख हुनु पर्ने संवैधानिक व्यवस्था बारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चमा विचाराधिन विषयमा संविधानको धारा १०५ अनुसार संसदमा बहस गर्न नमिल्ने भन्दै सभामुख महराले रुलिङ्ग गरेका हुन्।

कांग्रेसकी सांसद लक्ष्मी परियारले आइतबारको बैठकमा सभामुख र उपसभामुखको विषय उठाएकी थिइन्। तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी, नेकपा बनेपछि सभामुख र उपसभामुख दुवै एउटै दलका भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.