![]()
काठमाडौ,साउन ।
प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीको अनुमोदन धकेलिएको छ। प्रमाणपत्रमा फरक फरक तथ्याङ्क भेटिएपछि संसदीय सुनुवाइ समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ। जोशीको अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्न आज बिहान ८ बजेका लागि बैठक डाकिएको थियो। यसैबीच लगातार बैठक धकेलिएसँगै प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन हुने वा नहुने अझै निश्चित नभएको हो। उनको शुक्रबार नै सुनुवाइ भैसकेको छ।
अनौपचारिक छलफल पछि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक डाकिएको हो। संसदिय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले भनेः‘संसद हो छलफल जारी छ,केही सदस्य बाहिर जानुपर्ने भएकाले बैठक भोलीसम्मका लागि सर्यो ।’ शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ। यसअघि प्रधानमन्त्री ओलीले सुनुवाई समितिका जेष्ठ सदस्य समेत एवम् सभापति लक्ष्मणलाल कर्ण, समिति सदस्य सांसद योगेश भट्टराई, स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रतिनिधि, सुमनराज प्याकुरेलसँग छलफल गरेपछि सनुवाइ समितिको बैठक रोकिएको थियो।
बिहिबार जोशीको सिंहदरबारमा चार घण्टा सुनुवाइ भएको थियो। उनको अनुमोदन गर्ने नगर्ने निर्णयका लागि शुक्रबार ३ बजेका लागि बैठक राखिएको थियो। तर बैठक आइतबार ८ बजेका लागि सरेको थियो। सुनुवाइ समिति सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले बैठक सार्नु उचित हुने मत प्रधानमन्त्रीसँगको छलफलमा राखेका थिए। प्रधानमन्त्री लगायत अरु सदस्यहरुले प्रमाणपत्रबारे थप बुझ्नु उचित हुने बताएका थिए। सहमतिपछि प्रधानमन्त्रीको निर्देशनमा बैठक आइतबार ८ बजेका लागि सारिएको थियो।
कान्तिपुर दैनिकमा यसअघि श्रावण ८ गते दुइतिरको परिक्षामा एउटै सिम्बोल नंम्बर फेला परेको समाचार प्रकाशित गरेको थियो।


