Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा बस दुर्घटना, ३३ जनाको मृत्यु

Loading

बीबीसी । भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा  भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको  छ। बस दापोली कृषि विश्वविद्यालयबाट पिकनिकका लागि महाबलेश्वर जाँदै गर्दा अम्बेनाली घाट नजिकै सडकबाट करीब ५ सय फिट तल खसेको थियो।

प्रहरीले उक्त बसमा ३५ यात्रु सवार भएको हुन सक्ने अनुमान गरेको छ। दुर्घटनाबारे बसबाट हाम फाल्दै ज्यान बचाउन सफल भएका एक व्यक्तिले जानकारी गराएका थिए। बस सडकबाट तल रहेको खोल्सामा खस्दा उद्धारमा समस्याभएको छ ।

दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.