![]()
काठमाडौं। इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टिमले अन्तिम तयारी चीनमा गर्ने भएको छ। नेपाली टिम वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ। ९ खेलाडी र २ प्रशिक्षकसहित ११ सदस्यीय टोली चीनको ग्वान्सीमा २० दिन अभ्यास गर्नेछ।
एसियाली खेल्ने उसु खेलाडीमा पुरुषतर्फ चित्रसिंह ठकुरीले ७० केजी, मंगलप्रसाद थारुले ६० केजी, पदमबहादुर ठकुल्लाले ५६ केजी, विजय सिन्जालीले छान् छ्वान तथा युवराज थापाले नान् छ्वान अलराउन्डमा प्रतिस्पर्धा गर्नेछन्।
अर्का पुरुष खेलाडी वीरमान लामा भने हाललाई टोलीमा समावेश छैनन्। महिलाको ५२ केजमिा जुनी राई, ६० केजीमा लुमन्ति श्रेष्ठ, छान् छ्वानमा सुस्मिता तामाङ र नान् छ्वान अलराउन्डमा १२ औं सागकी स्वर्णधारी निमा घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा योञ्जन पनि टोलीसंगै चीन गएका छन् । मुख्य प्रशिक्षक अम्बरकुमार थिङ र व्यवस्थापक लाक्पा छिरिङ लामा भने पछि जाने छन्।


