![]()
काठमाडौ,साउन ।
२१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ ।यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्णचन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ ।
चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई‘ब्लड मुन’ पनि भनिन्छ । नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।
तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ । यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुनेछ ।
साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ । ग्रहणको बेला चन्द्रमा तारो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्छन् ।
ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ । सूर्योदयपछि सूतक समाप्त हुन्छ ।
खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ । धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिन्छ ।


