![]()
काठमाडौं । अभ्यास खेल खेल्न थाइल्यान्ड जाने नेपाली फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजिले २९ सदस्यीय नेपाली फुटबल टिमको घोषणा गरेका हुन् । छनौट भएका खेलाडीमा अभिषेक रिजाल, आदित्य चौधरी, एलेन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास रहेका छन् ।
त्यस्तै, विकेस कुथु, बिमल घर्ती मगर, विराज महर्जन, विशाल राई, देबेन्द्र तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकि, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, हेमन्त थापा मगर, कमल श्रेष्ठ, किरण चेमजुङ, नवयुग श्रेष्ठ रहेका छन् भने रविन श्रेष्ठ, रोहित चन्द, सन्तोष गुरुङ, सुजित गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ टिममा परेका छन् ।
प्रशिक्षक सहितको टिम एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीका लागि अभ्यास खेल खेल्न अगस्ट ३ मा थाइल्यान्ड जाँदैछ । एसियन गेम्स आगामि अगस्ट १४ देखि सेप्टेम्बर १ सम्म इन्डोनेसियामा चल्नेछ । त्यस्तै, साफ च्याम्पियन्सिप बंगलादेशमा सेप्टेम्बर ४ देखि हुँदैछ ।


