Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । फेसबुकले चीनमा कार्यालय खोल्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमाथि चीनमा प्रतिबन्ध भएपनि कार्यालय खोल्नका लागि अनुमति पाएको छ ।

चिनियाँ डेभलपर तथा इनोभेटका लागि कार्यालय इनोभेशन हब बन्ने फेसबुकले जनाएको छ । यदि कार्यालय खुल्यो भने चीनमा फेसबुकको पहिलो औपचारिक उपस्थिति हुनेछ । तर चीनको कार्यालय दर्ता गर्ने सम्बन्धी संस्थाले आफ्नो वेब साइटबाट फेसबुकको नाम हटाएको छ ।

यसको अर्थात फेसबुकलाई कार्यालय खोल्नका लागि अझै धेरै कठिनाइको सामना गर्नु पर्ने देखिएको द न्युर्योक टाइम्सले उल्लेख गरेको छ । चीन सामाजिक सञ्जालका लागि विश्वकै ठूलो बजार हो, तर चीनमा ट्वीटर, फेसबुक, युट्युबसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध रहेको छ । चिनियाँ प्रयोगकर्ताले चीनकै सामाजिक सञ्जालहरु विइबो, रेन्रेन र युकु चालउँदै आएका छन् । यिनीहरुमाथि चीन सरकारले निगरानी गर्न सक्छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले चिनियाँ अधिकारीलाई रिझाउने प्रयास धेरैपटक गरिसकेका छन्, तर अहिलेसम्म चीनमा फेसबुकले स्वीकृति पाएको छैन । अब भने कार्यालय खुल्ने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.