Breaking News.... EverestOnlineKhabar
June 28, 2026

चितवनमा प्रहरी र ट्याम्पो व्यवसायीबीच झडप, दर्जनौ राउण्ड हवाइ फायर

Loading

चितवन । चितवनमा अटो रिक्सा तथा ट्याम्पो व्यवसायी र प्रहरीबीच झडप भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा उत्रिएका व्यावसायी, मजदुर र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाई फायर र १ सय सेल अश्रुग्यास प्रहार गरिएको छ ।

केन्द्रीय बस टर्मिलन चोकमा आन्दोलनकारीहरुले प्रहरी चौकीमा तोडफोड गरेको र प्रहरीकै एक मोटरसाइकलमा आगजनी गरिएको छ ।

भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेपछि व्यवसायीले विरोध गर्दै आएका थिए । यसअघि मंगलबार र बुधबार भएको दुई पक्षको वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.