Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पाकिस्तानमा मतदान केन्द्र नजिकै बिष्फोट, कम्तिमा ३१ जना मारिए

Loading

बीबीसी । पाकिस्तानमा  आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ । उक्त घटनामा ३१ जनाको मृत्यु भएको छ ।

शहरको पूर्वी बाइपास क्षेत्र स्थित मतदान केन्द्रमा भएको हमलामा मृत्यु हुनेमा प्रहरी अधिकारी र सर्वसाधारण मतदाताहरु रहेका छन् । हमलामा ३० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको  छ । प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार एक आत्मघाती हमलाकारीले तमिर-आइ-नाउ विद्यालयमा रहेको मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला गरेका थिए ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार हमलाकारीले प्रहरीको भ्यानलाई लक्षित गरी बम पड्काएका थिए । इस्लामिक स्टेट समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.