![]()
एजेन्सी । रियल मड्रिडबाट कीर्तिमानी रकममा इटालियन क्लब युभेन्ट्स गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ। मेडिकल रिपोर्टमा रोनाल्डो वास्तविक उमेरभन्दा १३ वर्ष कान्छा देखिएको उल्लेख छ।
हाल ३३ वर्ष पुगिसकेका रोनाल्डोको मेडिकल रिपोर्टमा उनको शारीरिक अवस्था २० वर्षे युवा खेलाडीको जस्तो पाइएको छ। रोनाल्डोको मोटाई, मांसपेशी र गतीको जाँचपछिको रिपोर्ट अनुसार रोनाल्डोको शारीरिक क्षमता १३ वर्ष कान्छाको जस्तै देखिएको जनाइएको छ।
मेडिकल रिपोर्ट अनुसार रोनाल्डोको शरीरको बोसो ७ प्रतिशत छ। जुन अन्य खेलाडीको भन्दा ३ प्रतिशतले कमी हो। यस्तै रोनाल्डोको मांसपेशीको तौल औषत खेलाडीभन्दा ४ प्रतिशतले बढी ५० प्रतिशत रहेको रिपोर्टमा छ। उनको गति ३३.९८ किमी रहेको छ।


