Breaking News.... EverestOnlineKhabar
October 1, 2026

Loading

एजेन्सी । पाकिस्तानमा जुलाई २५ तारिखमा आम निर्वाचन हुँदैछ । नेताहरुले चुनाव प्रचार प्रसारमा कुनै कमी गरेका छैनन् । उनीहरुले जनतालाई लोभ्याउनका लागि हरेक कोसिस पनि गरिरहेका छन् । यहाँसम्म कि चुनाव प्रचारका लागि पाकिस्तानमा बलिउड कलाकारको समेत प्रयोग गरिएको छ ।

मुल्तानबाट चुनाव लडिरहेका पिटिआईका उम्मेद्वार सरदार अब्बास डोगरले एक तस्बिर जारी गरेका छन् जसमा उनीसँग एकातिर अमिताभ छन् भने अर्कोतर्फ माधुरी दिक्षित देखिएकी छिन् । डोगरले चुनाव प्रचारका लागि यो तस्बिर सार्वजनिक गरेका हुन् ।

उनले उक्त तस्बिर सोसल मिडियामा सेयर गर्ने बित्तिकै निकै भाइरल भएको छ । मानिसहरुले यसमा निकै रोचक प्रतिक्रिया पनि दिएका छन् । एक वकिलले यो पोष्टलाई रिट्वीट गर्दै लेखेका छन्, ‘अमिताभ बच्चन, तपाईं पनि माधुरी दिक्षितसँग पीटीआईको तर्फबाट यो चुनावमा भाग लिँदै हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed