Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

एजेन्सी ।  इरान एसियामै मात्र होइन विश्वकै सबैभन्दा सस्तो   इन्टरनेट सेवा दिने मुलुकको रुपमा  दरिएको  छ । इरान सँगसँगै  एसियामा नेपाल र माल्दिभ्स पनि सबैभन्दा सस्तो इन्टरनेट सेवा प्रदान गर्ने मुलुक रहेको एक अध्ययनले देखाएको छ ।

इरानको इन्टरनेट मूल्य औसतमा ५.३७ अमेरीकी डलर सहित सस्तो दरिएको हो । अध्ययनका अनुसार नेपालमा १८.८५ डलर प्रति महिना इन्टरनेट शुल्क रहेको भनिएको छ । यो भनेको सय रुपैयाँका दरले हिसाब गर्ने हो भनेपनि औसतमा १८ सय ८५ रुपैयाँ पर्न जान्छ । यद्यपि अहिले डलरको मूल्य ११० रुपैयाँ सम्म पुगेको छ ।

यस्तै श्रीलंकाको २०.१७ अमेरीकी डलर रहेको छ ।  सन २०१७ अगस्ट १८ देखि  अक्टोबर १२ को बीचमा ३ हजार ३ सय ५१ ब्रोडब्याण्ड प्याकेजको बिडिआरसी  र केवल डट सिओ डट युकेले गरेको विश्लेषणले यस्तो देखाएको हो । यो अध्ययन १९६ देशको ब्रोडब्याण्डलाई लिएर गरिएको हो ।

बुर्किना फासो विश्वकै सबैभन्दा महंगो इन्टरनेट सेवा प्रदान गर्ने मुलुक हो । यहाँ प्रति महिना औसतमा ९ सय ९४.५४ डलर लागत तिर्नुपर्छ । विश्वमा नेपाल १२ औ सस्तो,  भारत ५२ औ (३६.९ डलर प्रति महिना)  सस्तो र छिमेकी मुलुक चीन ४० औ (३२.२५ डलर प्रतिमहिना) सस्तो ब्रोडब्याण्ड लागत रहेको मुलुक रहेको सो अध्ययनले देखाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed