Breaking News.... EverestOnlineKhabar
October 3, 2026

लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग ३–१ ले पराजित

Loading

एजेन्सी ।  नयाँ सिजनको तयारी स्वरुप हरेक हरेक वर्ष हुने अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि अमेरिका पुगेको इंग्लिस लिभरपुल पराजित भएको छ । नर्थ क्यारोलिनामा भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले सुरुमा अग्रता लिएर पनि जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग ३–१ को हार बेहोरेको हो ।

पहिलो हाफमा भर्जिल भान डेकले हेडमार्फत गोल गर्दै लिभपुललाई अग्रता दिलाएका थिए । तर त्यसपछि क्लोप्पको टिमले गोल गर्न सकेन । क्रिष्टियन पुलिसिकले पेनाल्टीमार्फत डर्टमुण्डका लागि बराबरी गोल फर्काए ।

त्यसपछि उनैले गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै ज्याकोब ब्रुन लार्सनले गोल गरेपछि डर्टमुण्ड ३–१ ले विजयी भयो । विश्वकपका लागि राष्ट्रिय टिमको जिम्मापछि बिदामा रहेका धेरै स्टार खेलाडी बिना लिभरपुल अमेरिका भ्रमणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed