Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी। ब्राजिलियन फुटबल टिमका फरवार्ड नेइमारले विश्वकपका खेलहरु बिर्सन चाहेको बताएका छन्। २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा ब्राजिललाई बेल्जियमले १–० गोलले पराजित गरेको थियो।

‘म शोकमा थिएँ। धेरै दुखी भएको थिएँ। तर अब त्यो सकिएको छ,’ नेइमारले भने,’मेरो परिवार, छोरा र साथीहरु म उदास भएको देख्न चाहदैन थिए।’

नेइमार गत सिजन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पिएसजीमा कीर्तिमानी रकममा आबद्ध भएका थिए। नेइमार २ सय मिलियन पाउन्डमा पिएसजीमा आबद्ध भएका थिए। २६ वर्षीय फरवार्ड यो सिजनमा स्पेनिस क्लब रियल म्याड्रिड जाने गाइगुँइ सुनिएपनि त्यो सत्य नभएको नेइमार आफैले पुष्टि गरिसकेका छन्।

विश्वकपका खेलका दौरान नेइमारले अनावश्यक हाउभाउ देखाएको भन्दै आलोचना भएको थियो।

‘मान्छेहरु फल हुने मान्छेप्रति आलोचना गर्न अघि देखिन्छन्। तर फल कुन स्थितिमा भएको हेर्दैनन्। म विश्वकपमा खेल्न गएको थिए। विपक्षीलाई हराउन गएको थिए। यस्ता आलोचना धेरै सहेको छु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed