Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले चालु आवमा सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले  गरेको साक्षत्कारमा उहाँले पेट्रोलियम पदार्थ सर्वसधारणलाई बिक्री गर्दा सरकारले प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताउनुभयो ।

पैतिृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुबै पक्षले थैलीको १२।५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो ।

बजारमा आकासिँदै गएको महँगी तथा खाद्य पदार्थको भाउ बढेकामा उहाँले चिन्त व्यक्त गर्दै सरकारले कालोबजारीयालाई नियन्त्रण गर्न नसकेकाले जनतालाई समस्या भएको बताउनुभयो ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न, कर वृद्धिका कदम तत्काल फिर्ता लिएर जनतालाई महँगीको मारबाट बचाउन रातहत कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed