Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले इन्टरनेट स्याटेलाइट निर्माण गर्ने भएको छ । एफसिसी कागजातबाट फेसबुकले इन्टरनेट सेवा प्रदानका लागि स्याटेलाइट बनाउने योजना बनाएको खुलेको हो ।

फेसबुकले अहिले इन्टरनेट सेवा नपुगेका र पुर्‍याउन नसकिएका क्षेत्रलाई इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले नयाँ स्याटेलाइट निर्माण गर्ने तयारीमा रहेको खुलेको हो ।

फ्रिडम अफ इनफरमेशन एक्टको आग्रह अनुसार प्राप्त भएको कागजातमा फेसबुकेको यो तयारीबारे जानकारी भएको हो । सन् २०१६ र २०१८ को बिचमा एफसिसीका अधिकारी र फेसबुकका प्रतिनिधिबिच आदान प्रदान भएका इमेलमा योजनाबारे जानकारी भएको हो ।

यो वर्षको सुरुमा फेसबुकले इन्टरनेट स्याटेलाइट सुरु गर्न लागेको हल्ला चलेको थियो । फेसबुकले यसअघि नै एथेना स्याटेलाइट नामक सानो स्याटेलाइट योजना परीक्षणका लागि सुरु गरिसकेको छ । योपछि इन्टरनेट सेवा नपुगेका ठाउँका लागि लक्षित गरेर इन्टरनेट स्याटेलाइट निर्माण गर्ने पक्षमा फेसबुक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed