Breaking News.... EverestOnlineKhabar
April 22, 2026

प्रधानन्यायाधीश कार्कीले मुद्दा नहेर्ने, बिदा पनि नलिने

Loading

काठमाडौ,बैशाख ।
प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छन् । आगामी जेठ २५ गतेबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् । प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकास पाउनुअघि विदा नलिने सर्वोच्च अदालत स्रोतलाई उद्धृत गर्दै भनेको छ ।
प्रधानन्यायाधीबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयमा कुनै जानकारी नदिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed