Breaking News.... EverestOnlineKhabar
August 19, 2026

Loading

बीबीसी । पाकिस्तानमा आउँदो बुधवार आमनिर्वाचन हुँदैछ। यो पटक चुनावमा केही यस्ता कुरा पनि हुँदैछन् जुन यसअघि भएको थिएन।

प्रस्तुत छ पाकिस्तानको चुनावबारे  जान्नुपर्ने पाँच महत्त्वपूर्ण कुराः

१. पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा गरेका छैनन्। त्यहाँ सैनिक विद्रोहको इतिहास रहिआएको छ। सन् १९७० मा त्यहाँ पहिलो पटक आमचुनाव भएको थियो। पाकिस्तानको इतिहासमा निर्वाचित सरकारले गैरसैनिक सरकारलाई सत्ता सुम्पेको पहिलो पटक हुनेछ।

पाकिस्तान

२. तीन पटक प्रधानमन्त्री भइसकेका एक नेता चुनावमा लड्न पाउने छैनन्। भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ पूर्वप्रधानमन्त्री नवाज शरिफले १० वर्ष जेल सजाय पाएका छन्। शरिफले राजनीतिक पूर्वाग्रह राखी आफूलाई फसाइएको बताउने गरेका छन्।

३. यो चुनावमा ठूलो संख्यामा उग्र दक्षिणपन्थी र कट्टर विचारधाराका उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। चुनावी अभियानमा ईशनिन्दा एउटा महत्त्वपूर्ण मुद्दा बनेको छ। ईशनिन्दामा त्यहाँ मृत्युदण्डको सजाय हुने व्यवस्था छ।

पाकिस्तान

४. आसन्न चुनाव यो अर्थमा पनि महत्त्वपूर्ण छ कि विगतका तुलनामा बढी महिलाले प्रतिस्पर्धा गर्दैछन्। संसद्को २७२ सीटमध्ये देशभरिबाट १७१ जना महिला चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन कानून अनुसार कुनै पनि निर्वाचन क्षेत्रमा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार भए चुनावी प्रक्रिया रद्द हुन्छ।

५. यो पटकको चुनावमा पाँचजना तेस्रो लिङ्गीले पनि प्रतिस्पर्धा गर्न लागेका छन्। पाकिस्तानमा तेस्रो लिङ्गीहरू अल्पसंख्यक समुदायभित्र पर्छन्। पहिलो पटक सन् २०१३ मा उनीहरूलाई लड्न पाउने अनुमति दिइएको थियो। चुनावी पर्यवेक्षणमा यसपली तेस्रो लिङ्गीहरूलाई पनि सहभागी गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.