Breaking News.... EverestOnlineKhabar
July 10, 2026

बिश्वकप बिजेता फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’

Loading

बीबीसी । फ्रान्सले विश्वकप फुटबलको उपाधि उचालेका आफ्ना खेलाडीहरूलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गर्ने भएको छ। राष्ट्रपति एमानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सम्मानित गर्ने घोषणा गरेको हो।

मस्कोमा सम्पन्न निकै रोमाञ्चक खेलमा फ्रान्सले क्रोएशियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो। २० वर्षपछि फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो। यसअघि उसले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो।

फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन्। प्यारिसमा भव्य स्वागत पाएको टोलीको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed