![]()
एजेन्सी । विश्वकप २०२२ को आयोजकको भूमिका रसियाबाट कतारलाई हस्तान्तरण गरिएको छ । रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन र फिफाका अध्यक्ष गियनी इन्फान्टिनोले कतारका अमिर तमिन बिन हामिद अल थानीलाई विश्वकप आयोजनाको जिम्मा पाएको कतारलाई भूमिका हस्तान्तरण गरेका हुन् ।
तीनैजना उपस्थित रहेको जियोथ्रिभिस्काइ हलमा ग्रान्ड कर्मालिङमा भएको भेटमा आयोजक राष्ट्रको स्वामित्व हस्तान्तरण गरिएको हो । उनीहरुले फिफा विश्वकप २०१८ को नकआउट चरणमा खेलिएको बल ०२२ को आयोजक कतारका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन् ।
रसियाका राष्ट्रपति पुटिनले पोडियमबाट समातेर सो बल कतारका प्रतिनिधिलाई दिएका थिए । अब सन् २०२२ को विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । पहिलो पटक कतारको मौसमलाई मध्यनजर गर्दै विश्वकपको खेल समय सारिएको छ । सधै समरमा हुनेगरेको विश्वकप पहिलो पटक विन्टर सिजनमा हुने भएको छ ।


