Breaking News.... EverestOnlineKhabar
October 3, 2026

फिफा विश्वकप २०१८ःइंग्ल्याण्डलाई हराउँदै बेल्जियमले हात पार्‍यो तेस्रो स्थान

Loading

एजेन्सी,असार ।
बेल्जिमयले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ। शनिबार भएको प्लेअफ खेलमा बेल्जिमयले इंग्ल्यान्डलाई २–० गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो। हारसँगै इंग्ल्यान्ड चौथो स्थानमा सीमित बन्यो। फाइनल पुग्न चुकेपनि बेल्जिमयले विश्वकपमा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो। यसअघि सन् १९८६ मा पनि सेमिफाइनलमा पुगेको बेल्जियम चौथो स्थानमै सीमित बनेको थियो।
सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि दुवै टिम फाइनलमा पुग्न चुकेका थिए। क्रोएसिया र फ्रान्सबीच आइतबार उपाधिका लागि भिडन्त हुनेछ। खेलको चौथो मिनेटमै बेल्जियमले अग्रता लिएको थियो। थोमस मेउनियरले गोल गरेछि बेल्जिमयले सुरुवाती अग्रता लिएको थियो। उनले नासेर चाड्लीको क्रसको सदुपयोग गर्दै गोल गरेका थिए।
यसअघि मेउनियर फ्रान्स विरुद्धको सेमिफाइनलमा लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाएका कारण टिममा थिएनन्। योसँगै उनी जारी विश्वकपमा गोल गर्ने दशौं बेल्जियन खेलाडी बने। यसअघि सन् १९८२ मा फ्रान्स र २००६ मा इटालीका १० खेलाडीले गोल गरेका थिए।
दोस्रो हाफमा इंग्ल्यान्डले बराबरी गर्न गरेको प्रयास सफल हुन सकेन। इरिक डिइरले डिबक्स भित्रबाट गोलकिपरलाई बिट गरेर हानेको प्रहारलाई टोबी एल्डरवारेल्डले गोल लाइनबाट क्लियर गरेर बेल्जियमको संकट टारेका थिए।
८२ मिनेटमा बेल्जियमले अग्रता दोब्बर पार्यो। बेल्जियमका लागि कप्तान इडिन हजार्डले लोभलाग्दो गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed