Breaking News.... EverestOnlineKhabar
August 16, 2026

अनसनरत डा.केसीको समर्थनमा रेजिडेन्ट डाक्टर पनि आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प

Loading

काठमाडौ,असार ।
जुम्लामा आमरण अनशन बसिरहेका डा.गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरुले आजबाट देशैभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अनशनरत डा.केसीका माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागिसमेत संवेदनशील नभएको भन्दै एनआरडीएले सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
एनआरडीएका अध्यक्ष डा.सुमित पाण्डेले अनसनरत डा.केसीका मागप्रति सरकार संवेदनशील नभएकाले आफूहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको बताए । उनले भनेः‘ यस आन्दोलनबाट हुने क्षति र असुविधाप्रति एसोसिएसन नभएर सरकार जिम्मेवार हुनुपर्छ ।’ एसोसिएसनले आज नै माइतीघर मण्डलामा विरोध स्वरुप ओपीडी सेवा सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.