Breaking News.... EverestOnlineKhabar
April 22, 2026

बिहीबारदेखि मतदाता परिचयपत्र वितरण गरिदै

Loading

काठमाडौ,२५ बैशाख ।
आँउदो आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् । आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी छ । मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ ।
आयोगका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed