Breaking News.... EverestOnlineKhabar
April 22, 2026

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीमा….

Loading

काठमाडौ,२५ बैशाख ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीमा लागेको छ । सरकारमा सहभागी हुने विषय टुंग्याउन फोरम लोकतान्त्रिकको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।
संविधान संशोधन र टीकापुर घटनाका बारेमा सहमति भए आजै सरकारमा सहभागी हुने फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले जानकारी दिए । टीकापुर घटनामा घाइते भएकालाई क्षतिपूर्ति तथा झुटा मुद्दा फिर्ताको विषय र संविधान संशोधनबारे दुई दिनसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको र सोमबार थप छलफल गरी सहमति भए सोमबार नै सरकारमा जाने सम्भावना रहेको उनले जनाए ।
आफूहरुले ३ देखि ४ मन्त्रालय मागेको जानकारी दिँदै उनले यसबारेमा थप छलफल हुन बाँकी रहेको बताए । लोकतान्त्रिकले उपप्रधानमन्त्रीसहित स्थानीय विकास वा भौतिक पूर्वाधार मन्त्रालय मध्ये एक मन्त्रालय हुनुपर्ने माग गरेको छ ।
यसैबिच सत्तारुढ दलले राप्रपालाई पनि सरकारमा सहभागी गराउने तयारी थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed