Breaking News.... EverestOnlineKhabar
July 9, 2026

थाइल्याण्डको त्यो खतरनाक गुफालाई संग्रहालय बनाइने, उद्दारका बिषयमा फिल्म बन्ने

Loading

बीबीसी । दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ। कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन्।

उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् र उनीहरूको स्वास्थ्य जाँच एक सातासम्म चल्नेछ। थाई जल सेनाले उद्धारको नाटकीय भिडिओ सार्वजनिक गरेको छ। त्यसमा जोखिम मोलेर उद्धारकर्ताहरूले कसरी त्यो काम सफल पारे भन्ने देखाइएको छ। ताम लुङ्ग थाईल्याण्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएका कारण पर्यटकहरू खासै जाँदैनन्।

प्रधानमन्त्री प्रायुथ जनोचाले गुफाभित्र र बाहिर पर्यटकहरूलाई सुरक्षित राख्ने सावधानीका उपायहरू अपनाइनुपर्नेमा जोड दिएका छन्।

उद्धारकार्य सम्पन्न हुनुअगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माताहरू त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग आफ्नो सम्भावित फिल्मको लागि अन्तर्वार्ता गरिराखेको बताएका थिए।

तर लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले भने आफूहरूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि ‌औपचारिक रूपमा छानेको बताएका छन्।

थाईल्याण्ड

गुफामा फसेको समुहका सबै जनालाई अहिले उद्धार गरिएको छ र उनीहरू अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन्। उनीहरूका पीडा र उनीहरूलाई बाहिर निकाल्न तीन दिन निरन्तर चलाइएको कारबाहीले विश्वको ध्यान तानेको थियो।

ती १२ बालक र उनीहरूका प्रशिक्षक जुन २३ मा उक्त गुफामा गएका थिए। तर भीषण वर्षाका कारण गुफाभित्र बाढी पसेपछि उनीहरू त्यहिँ फसेका थिए। ब्रिटेनका गोताखोरहरूले उनीहरूलाई नौ दिनपछि फेला पारेका थिए। दर्जनौं गोताखोर र सयौं अरू उद्धारकर्ताहरू परिचालन गरी अन्तत: उनीहरूलाई सकुशल बाहिर निकालिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed