Breaking News.... EverestOnlineKhabar
July 9, 2026

बस र ट्याङ्कर ठोक्किएर भएको दुर्घटनामा ११ को मृत्यु

Loading

एजेन्सी,असार ।
इरानको पश्चिमी क्षेत्रमा बुधबार अबेर भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । इन्धन बोकेको ट्याङ्कर यात्रु बहाक बससँग ठोक्किएर दुर्घटना भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
इरानको केन्द्रीय राजधानी तेहरानदेखि ४०० किलोमिटर टाढा पर्ने सानान्दाजमा रातिको समयमा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी बसका यात्रुसहित सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाका कारण त्यस क्षेत्र शोकमा परेको बताएका छन् ।
चालकहरूको लापर्वाहीका कारण इरानमा हुने गरेका दुर्घटनामा परी वर्षेनी हजारौँको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed