Breaking News.... EverestOnlineKhabar
July 9, 2026

पाकिस्तानमा आत्मघाती बिष्फोटः एक नेतासहित १४ जना मारिए

Loading

बीबीसी । पाकिस्तानको पेशावर सहरमा एक चुनावी बैठकमा आत्मघाती विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवामी नेसनल पार्टी (एएनपी) का नेता हारून बिलौर समेत रहेका छन्।  याकातुत इलाकामा भएको उक्त विस्फोटमा १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई नजिकैको लेडी रिडिङ अस्पतालमा लगिएको छ।

बिल्लौर र एएनपीका कार्यकर्ता पार्टीको बैठकका लागि जम्मा भएपछि विस्फोट भएको पाकिस्तान प्रहरीले जनाएको छ। बिलौर मञ्चमा पुगे लगत्तै एक आत्मघाती आक्रमणकारीले आफूलाई उडाएका थिए।

विस्फोटमा गम्भीर घाइते भएका बिलौरलाई तत्काल अस्पताल लगिए पनि उनको मृत्यु भएको घोषणा चिकित्सकले गरेका थिए।   घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन्।

बिलौरका पिता एवं एएनपी के वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठककै क्रममा तालिबानको आत्मघाती आक्रमणमा मारिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed