Breaking News.... EverestOnlineKhabar
October 2, 2026

रजनीकान्त, अक्षय कुमार अभिनीत फिल्म ‘२.०’ नोभम्वर २९ बाट प्रदर्शनमा आउने

Loading

एजेन्सी। रजनीकान्त, अक्षय कुमार अभिनीत फिल्म ‘२.०’को प्रदर्शन मिति तय भएको छ। विभिन्न कारणले पटकपटक सर्दै आएको फिल्म  आउँदो नोभम्वर २९ मा प्रदर्शनमा आउने भएको छ।

सुरुमा अप्रिलमा प्रदर्शनमा आउने भनिएको उक्त फिल्मको मिति अगस्टमा सरेको थियो। तर, अक्षयको ‘गोल्ड’ पनि अगस्टमै आउने पक्का भएपछि  ‘२.०’ को प्रदर्शन मिति अन्तत: नोभेम्वरका लागि तय गरिएको हो।

अहिलेसम्म निर्माण भएका बलिउड फिल्ममध्ये सर्वाधिक महँगो बजेटमा निर्माण गरिएको भनिएको ‘२.०’ दर्शकका लागि पनि बहुप्रतीक्षित फिल्म बनेको छ। विज्ञान कथा अन्तर्गत रहेर निर्माण गरिएको फिल्मको कुल बजेट ४ सय करोड रहेको जनाइएको छ।

फिल्ममा अक्षय कुमार रजनीकान्तको अपोजिटमा खलनायकको भूमिकामा देखिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed