Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सत्तारढ नेकपाको सचिवालय बैठक बुधवार बिहान ८ बजे बस्ने

Loading

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। मंगलबार विहान बालुवाटारमा बसेको बैठक बुधबार विहान साढे ८ बजे बस्ने भएको छ। यसअघि सचिवालयको बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो।

यसअघि शनिबार बसेको पार्टी सचिवालय समितिको बैठकले नियमावली परिमार्जनसहित अन्ति टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाएको थियो। सो बैठकले महासचिव विष्णु पौडेल, बामदेव गौतम र रामबहादुर थापा सदस्य रहेको कार्यदल गठन गरेको थियो। त्यसअगाडि गत साता बसेको स्थायी समितिको बैठकले पार्टी सचिवालयलाई नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed