Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,असार ।
भदौभित्र महासमिति बैठक डाक्ने निर्णय गरेको नेपाली कांग्रेसले विधान संशोधन समिति गठन गर्न नसक्दा भदौभित्रै बैठक हुने सम्भावना टरेर गएको छ । कांग्रेसले महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने तयारी गरेको भए पनि विधान संशोधन गर्न बनाइने मस्यौदा समितिका विषयमा नेताहरूबीच सहमति जुट्न नसक्दा महासमिति बैठक भदौभित्र हुने सम्भावना टर्दै गएको हो ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले महासमिति मितिअघि विधान संशोधन समिति गठन हुने भन्दै समिति गठनका विषयमा छलफल जारी रहेको बताए । उनले विधान संशोधन समिति गठन नहुँदासम्म महासमितिको मिति तोक्नुको औचित्य नहुने भन्दै समितिका विषयमा छलफल जारी रहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.