Breaking News.... EverestOnlineKhabar
April 21, 2026

कामनपा वडा नं.२९ वडाअध्यक्षका उम्मेद्वार कुश ढकालद्वारा प्रचार–प्रसार तिव्र

Loading

काठमाडौ,२४ बैशाख ।
झण्डै दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन विभिन्न पार्टीका उम्मेद्वारहरुले चुनाव प्रचार–प्रसारलाई तिव्र बनाइरहेका छन् । सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरिसकेको छ । पहिलो चरणको चुनाव आउन अब केहि दिन मात्र बाँकी छ । उम्मेद्वारहरुले चुनावी अभियानलाई युद्ध स्तरमा अगाडी बढाई रहेका छन् ।
यसैबीच,कामनपा २९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका तर्फवाट कुश ढकालले प्यानल सहित उम्मेद्वारी घोषणा गरेर चुनाव प्रचारलाई तिव्रता दिईरहेका छन् । लामो समय देखि वडा नं.२९ मा जनताको सेवा गर्दै आएका ढकाल स्थानीय माझ निकै लोकप्रिय र चर्चित छन् । नेपाली कांग्रेसको इकाई अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरिसकेका नेता हुन् ढकाल ।
त्यसो त ढकालको प्यानलमा रहेका अन्य उम्मेद्वार पनि उत्तिकै लोकप्रिय र चर्चित छन्,त्यसकारण ढकाल अध्यक्ष पदका शशक्त उम्मेद्वार हुन् । पार्टीको घोषणा पत्रलाई आत्मसाथ गर्दै समाजमा विकासको गति दिन आफुले उम्म्द्वारी दिएको ढकालको भनाई छ । आफु निर्वाचित भए वडा नं. २९ लाई व्यापक सुधार गर्ने ढकालको प्रतिवद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed