Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागमा ऐकबद्धता जनाउँदै शनिबार पनि काठमाडौंमा र्‍याली निकालिएको छ । चिकित्सक, विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मी लगायतले काठमाडौंको माइतीघर मण्डलाबाट र्‍याली निकालेका हुन् । र्‍यालीमा डा. केसीको माग पूरा गर्न दबाब दिँदै प्ले कार्ड बोकेका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएकोभन्दै नारा लगाएका थिए ।

सहभागीले डा. केसीका माग पूरा गर, नागरिक स्वतन्त्रतामाथिको अथिक्रमण बन्द गर, ओली सरकारको मिसन सिटामोलमा कमिशन   लगायतका नारा लगाएका छन् ।

डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका छन् । उनको स्वास्थ्य दिनदिनै विग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको मागमा समर्थन जनाउँदै देशभरका चिकित्सकहरुलाई हातमा कालोपट्टी बाँधेर ऐक्यवद्धता जनाउन आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed