Breaking News.... EverestOnlineKhabar
June 26, 2026

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

Loading

बीबीसी । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले  जानकारी दिएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् । डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टी गरेका छन ।

थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराईरहेकाहरुको खोजी भईरहेको जानकारी दिए । हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.