Breaking News.... EverestOnlineKhabar
June 26, 2026

थाइल्याण्डको गुफामा रहेका १२ किशोरको अझै उद्दार हुन सकेन

Loading

बीबीसी । थाइल्याण्डको एक गुफामा फसेका १२ बालक तथा उनीहरुका फुटबल प्रशिक्षकलाई उद्धार गर्न अझै सकिएको छैन । उनीहरुले पौडी खेल्न नजानेका कारण उद्धार गर्न नसकिएको सरकारी अधिकारीले बताएका छन् ।

गुफामा फसेका उनीहरुलाई गएको सोमबार बेपत्ता भएको नवौँ दिनमा खोजीकर्ताले भेट्टाएका थिए । उनीहरुलाई अहिले गुफामै खाना तथा औषधिको व्यवस्थात गरिएको छ तर गुफामा बर्खाको पानी भरिएकाले उद्धार गर्न सकिएको छैन । उनीहरुलाई उद्धार गर्न गएका थाइ नौसेनाका एक उद्धारकर्मीको ज्यान गएको छ ।

गुफामा जम्मा भएको पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ तर निस्कन मिल्ने गरी पानी घटेको छैन । फसेका बालकले पौडी खेल्न नजानेका लागि उनीहरुलाई उद्धार गर्न पनि सकिएको छैन ।

१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए । चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए । उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्प बारे छलफल गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.