![]()
काठमाडौ,असार ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक आज बस्दैछ । हिजो बसेको सचिवालय बैठकले स्थायी समितिको बैठकका एजेन्डा तय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठक बिहीबार अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
सचिवालय बैठकले कार्यसूची निर्धारण गरेको र प्रस्ताव तयार गरेको उनले बताए । आजको स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्ने बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमण तथा सरकारको कामकारबाही बारे रिपोर्टिङ गर्नुहुनेछ भने अर्का अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक एकीकरण प्रक्रिया आदिबारे रिपोर्टिङ गर्ने कार्यसुची छ ।
त्यस्तै, स्थायी समिति बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे छलफल गरेर स्थायी समितिको सुझाव लिने काम पनि हुनेछ ।


