![]()
एजेन्सी । कलाकार सनि लियोनले केही दिनअघि आफ्नो ट्वीटरबाट वेब सिरिजको ट्रेलर सार्वजनिक गरेकी छन् । यो ट्रेलर उनीमाथि बन्न लागेको ‘बायोपिक’ चलचित्रको हो। ‘करनजीत कोर– द अन टोल्ड स्टोरी अफ सनि लियोन’ जसमा सनीको दुई जीवनलाई देखाइएको छ। जसमा उनी साधारण केटी र ‘एडल्ट कलाकार’ देखिएकी छन्।
भारतीय मुलकी क्यानेडियन सुन्दरी सनी लियोनको वास्तविक नाम करनजीत हो। उनी भारतीय सिनेमामा काम गर्नु अगाडि ‘एडल्ट फिल्म’ क्षेत्रमा काम गर्थिन्। उनी भारतीय रियालिटी शो बिग बोस–५ मा पनि सहभागी भएकी थिइन्। त्यहि बेलामा चलचित्र निर्माता महेश भट्टको नजरमा उनी परिन्।
सन् २०१२ मा पूजा भट्टले बनाएको चलचित्र ‘जिस्म–२’ मा अभिनय गरेर लियोनले सबैको मन जितिन्। त्यसपछि उनले ज्याकपट (सन् २०१३), रागिनी एम एमएस–२ (सन् २०१४) र एक पहेली लिला (सन् २०१५) मा काम गरिन्।
उनले डानियल वेवरसँग सन् २०११ मा विवाह गरेकी हुन्। अहिले यो जोडिले सरोगेरीको गरेर जुम्ल्याहा सन्तान जन्माएका छन्। यो भन्दा अगाडि उनीहरुले महाराष्ट्र, लाहोरकी एक बालिकालाई धर्मपुत्री बनाएका छन् उनको नाम निशा कौर राखेर।


