Breaking News.... EverestOnlineKhabar
June 26, 2026

गुफामा थुनिएका १२ बालकको ९ दिनपछि उद्धार….

Loading

एजेन्सी,असार ।
थाइल्याण्डको एक गुफामा थुनिएका फुटबल खेलाडी र उनीहरूका प्रशिक्षकलाई उद्धार गरिएको छ । गुफामा थुनिएका उनीहरूको ९ दिन पछि सोमबार उद्धारकर्मीको एक टोलीले उद्धार गरेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक थुनिएका थिए । ११ देखि १६ वर्षसम्मका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य थिए ।
उनीहरु गत जुन २३ मा गुफामा घुम्न गएका थिए । भारी वर्षाका कारण आएको बाढी गुफाभित्र पसेपछि उनीहरुको अवस्था अज्ञात थियो । गोताखोरको एक टोलीले उनीहरुलाई गुफाभित्र फेला पारेको अधिकारीहरुले जनाएका छन् । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.