Breaking News.... EverestOnlineKhabar
May 11, 2026

यी हुन् फिल्मी शैलीमा जेलबाट हेलिकोप्टरमा भागे कैदी…..

Loading

एजेन्सी,असार ।
पेरिसको जेलबाट एक कुख्यात ग्याङ्ग्स्टर फिल्मी शैलीमा फरार भएका छन् । घटना पेरिसस्थित एक जेलको हो जहाँबाट उनी हेलिकोप्टरमा फरार भएका छन् । फ्रान्सेली अधिकारीले आइतबारको उक्त घटनाको पुष्टि गरेका छन् । ४६ वर्षका रेदुअन फैदलाई अत्यधिक हतियार बोकेका तीनजनाले हेलिकोप्टरबाट उत्रिएर आफूसँगै हेलिकोप्टरमा राखेर फरार भए । फैदलाई असफल डकैतीको मामलामा २५ वर्षको जेल सजायँ तोकिएको थियो । उक्त घटनामा एक पुलिस अधिकारीको मृत्यु भएको थियो ।
पुलिसका अनुसार सन् २०१० मा भएको उक्त डकैतीका मास्टरमाइन्ड फैद नै थिए । फैदलाई उक्त डकैतीका लागि सन् २०१७ अप्रिलमा सजायँ तोकिएको थियो ।
फैद जेलबाट भागेको यो दोस्रो घटना हो । सन् २०१३ मा उनी चार सुरक्षाकर्मीलाई मानव ढाल बनाएर थुप्रै ढोकाहरु तोडेर फरार भएका थिए । यद्यपी, भागेको ६ हप्ताभित्रै पुलिसले उनलाई पक्राउ गरेको थियो । त्यतिबेला उत्तर फ्रान्सको जेल लगिएको आधा घण्टाभन्दा कम समयमा नै उनी फरार हुन सफल भएका थिए ।
फ्रेन्च वेबसाइट यूरोप वानको रिपोर्ट अनुसार फैद र उनका सहयोगी जेलबाट कसैलाई पनि घाइते नबनाई फरार हुन सफल भएका छन् । फरार भएका फैदको हेलिकोप्टर नजिकैको बुर्जे इलाकातर्फ उड्यो । पछि स्थानीय पुलिसले उक्त हेलिकोप्टरको जलेको भग्नावशेष उत्तर पेरिसस्थित गोनेसेमा फेला पार्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.