Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्राविधक गुणस्तर सुधार्न टेलिकमलाई मन्त्री बास्कोटाको निर्देशन

Loading

विराटनगर । सूचना तथा संचार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल टेलिकमलाई गुणस्तरमा सम्झौता नगरी सेवा पुर्याउन निर्देशन दिएका छन्। पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको  निरीक्षण भ्रमण गर्दै उनले गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमा रहनुपर्नेमा जोड दिए। ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने उनको भनाइ छ।

पूर्वाधारको विकासमा जोड दिँदै जनताको घर घरमा सेवा पुर्याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने योजना, नीति तथा कार्यक्रम निर्माणमा मन्त्रालयले टेलिकमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजारजस्ता चुनौतिको सामना गर्दै अघि बढ्ने बताइन्।

पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा मन्त्री बास्कोटाले  झापाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्जको उदघाटन गरेका थिए। सो एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.