Breaking News.... EverestOnlineKhabar
September 7, 2026

Loading

एजेन्सी । बिश्वकप फुटबलको पहिलो नकआउट खेलमा शनिवार साँझ फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । अन्तिम १६अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेका छैनन्।

यी दुवै टिम विश्व फुटवल जगतमा निकै प्रख्याती कमाएका टिम र मुलुक हुन्। साँझको खेलमा पल पोग्वा, एन्टोनी ग्रिजम्यान,लियोनल मेसी, एन्जेल डी मारिया लगायतका खेलाडीको कस्तो जादु चल्ने हो, सबै प्रतिक्षारत छन् ।

समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अर्जेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो। तर डिएगो म्याराडोनाबाट निर्देशित मेसीले अन्तत प्रतियोगितामा गोलको खाता खोलेको खेलमा मार्कोस रोहोले सनसनीपूर्ण भलीमा गोल गरेपछि २०१४ को उपविजेता टोली नाइजेरियालाई हराउँदै नकआउट चरणको टिकट काट्न सफल भयो ।

डिडियर डेशच्याम्पसको फ्रान्स पनि प्रतियोगिता सुरु हुनुपूर्व उपाधिको कागजी दाबेदार थियो । अपराजित रहँदै समूह चरण पार गरे पनि फ्रान्सको प्रदर्शनमा भने सन्तुष्ट हुने ठाउँ अत्यन्तै कम थियो । पहिलो रोजाईका स्ट्राइकर एन्टोनी ग्रिजम्यान उच्च फर्म समाउन असफल हुँदा फ्रान्सको मिडफिल्ड पनि रचनात्मक तरिकाले खेल बनाउने पक्षमा सफल भएन । तर डेशच्याम्पस शनिबार नकआउट चरण सुरु हुँदासम्म आफ्नो टोली पूर्ण रुपमा ठिक ठाउँमा आइपुग्नेमा विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.